अर्घाखाँचीमा वनमा आगो लगाउने चार जना पक्राउ — OSNepal

अर्घाखाँचीमा वनमा आगो लगाउने चार जना पक्राउ

LC (KTM) May 16, 2023 0

अर्घाखाँची, २ वैशाख -अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबांगको वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई पक्राउ गरेर आज मङ्गलवार सार्वजनिक गरेको हो ।

जङ्गली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले जानकारी दिए ।पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो नियममा छ महिनादेखी दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर