मेलिना, प्रताप र बुद्धि मान थापाको सहकार्यमा तयार भयो 'यो खुशीको पल' — OSNepal

मेलिना, प्रताप र बुद्धि मान थापाको सहकार्यमा तयार भयो ‘यो खुशीको पल’

LC (KTM) May 18, 2023 0

काठमाडौँ । गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुशीको पल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार बुद्धि मान थापाको शब्द शृजना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ ।

प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई नजिकबाट देखाएको छ । ख्याल ख्यालैमा माया बसेको दृश्यमा मोडलद्धय बिजय पुन र सुन्दरी मोडल सुमी श्रेष्ठ गज्जबले खुलेका छन् । भिडियोमा गीतकार थापा स्वयम र जमुना मगरको पनि अभिनय रहेको छ ।

भिडियोलाई पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा तयार पारेका छन् । प्रकाश खड्काको छायांन तथा बन्दे पाण्डेको सम्पादन रहेको रोमान्टिक भिडियो यो खुशीको पलको भिडियो जति हेर्यो उती हेरौँ हेरौँ लाग्ने खालको छ ।

यसअघि सिधा मन, यो जुनीमा, बाँसको बेरा, भएन रे, डोलीमा , लगायत १ दर्जन बढी गीतमा शब्द लेखिसकेका गीतकार थापाले आफ्ना गीतहरु आँफै निर्माण गर्दै आएका छन् । अमेरिकाको ओमहा, नेब्रस्कामा परिवारसहित बसोबास गर्दै आएका गीतकार थापा पछिल्ला केही केही वर्षदेखि गीत लेखन र भिडियो निर्माणमा सक्रिय छन् ।

भुटनिज क्रियटिभ टिम इन नेब्रस्काको सहयोगमा तयार भिडियो इन्टरटेनमेन्ट संसार नामक युट्युबबाट बजारमा आएको हो । जसको निर्माण गीतकार थापाले नै गरेका हुन् । गीतकार थापा नेब्रस्कामा अवस्थित एभरेष्ट होम केयर सर्भिसेस एलएलसीमा केस म्यानेजरका रुपमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर