संगीतकार दीपक शर्माका ६ फिल्मका गीत करोड क्लबमा, हेर्नुहोस् विमोचन कार्यक्रमका यी तस्विरहरु — OSNepal

संगीतकार दीपक शर्माका ६ फिल्मका गीत करोड क्लबमा, हेर्नुहोस् विमोचन कार्यक्रमका यी तस्विरहरु

LC (KTM) May 21, 2023 0

काठमाडौं । संगीतकार दीपक शर्माका ६ वटा फिल्मका गीत करोड क्लबमा पुगेको गिति एल्बम लोकार्पण भएको छ। राजधानीमा आइतबार एक समारोहकाबीच गीतकार राजेन्द्र थापा,संगीतकार चेतन सापकोटा,नरहरि प्रेमी र चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्ति प्रियले संयुक्त रुपमा ‘करोड’एल्बम बिमोचन गरेका हुन्। करोड एल्बममा फिल्म मंगलम्बाट ‘पर्ख पर्ख मायालु,छक्का पञ्जा३’बाट ‘पहिलो नम्बरमा’,फिल्म हिजोआजका कुराबाट ‘माया जदौ’,फिल्म ‘छक्का पञ्जा३’बाटै ‘देखन चम्पा’ केहि महिना अघि रिलिज भएको फिल्म ‘छक्का पञ्जा ४’को ‘दर्शन सलाम’ र फिल्म ‘चिमुसी चि’को हवल्दार सुन्तली’ गीतले करोड भन्दा बढि युटुबमा हेरिएको छ। करोड क्लबमा पुगेका गीतहरु संकलन गरेर संगीतकार शर्माले ‘करोड’ नामक एल्बम बिमोचन गरेका हुन् ।

गीति एल्बमको बिमोचन गर्दै संगीतकार तथा गायक नरहरि प्रेमीले दीपकले नयाँ संगीतमा नयाँ आयाम थपेको बताए । दीपकका गुरु समेत रहेको नरहरिले दीपकको संगीत यात्राका बारेमा आफ्ना भनाई राखेका थिए । उनले दीपकको गायक बन्नका लागि गाउँबाट आएको र आफुले संगीतको बाटो देखाउन प्रेरित गरेको बताए । गायनको सुरुवातमा दीपकलाई धेरै संगीतकारहरुले रिजेक्ट गरेको अनुभव सुनाउँदै संघर्षको मैदानले दीपकका गीत करोड क्लबमा पुगेको दाबी गरे । ,‘दीपकले पहिलो पटक ‘मोबाइलको बोक्रो र खोक्रो’ बोलको गीतबाट गायनमा अगाडी बढेको हो । त्यो बेला मैले नै उसलाई यो गीत गाउन लगाएको थिए,‘उनले उदितनारायण झाको कथा सम्झदै भने,‘ उदितनारायण झालाई कतिपय संगीतकारले यसले के गीत गाउँछ यसले भनेर रिजेक्ट गरिएका थिए रे। तर,पछि नामि गायक भएर जन्मिए । उनले आफुले संगीत सिकाएको मान्छेले करोड पटक हेर्ने गीत लेख्ने र संगीत भर्ने काममा आफु अत्यन्त खुसी भएको बताउँदै सफलताको शुझकामना दिए।

धेरैले संगीतकार दीपक शर्मा लक्की भनेको मन पराउँदा रहेनछन् । उनले दीपकको संघर्षका कथा जो कसैले नसुनेको र आफुले देखेको र बुझेको बताए । ‘उसले पहिलो फिल्म चलचित्र ‘तेजाब’ फिल्मको गीतमा संगीत गरेको थियो । यो फिल्ममा मलाई संगीत गर्न आएको थियो पैसा छैन भने पछि दीपकलाई दिनु भने । उसले यो फिल्मका लागि निकै पापड बेलेको छ,’उनले भने,‘उसले कति संगीतकारकोमा हार्मोनियम बोकेर हिडेको कथा व्यथा मलाई थाहा छ । उ लक्की मात्र होइन धेरै मेहनती पनि छ ।’

कार्यक्रमका अथिति तथा संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले संगीतकार शर्माको र उनको मेहनतको प्रशंसा गरे । ‘गाउँमा कुटो कोदालो छाडेर हार्मोनियम बोकेर आएका हौ ,यो बाटो दीपकले पनि समाएको छ,’उनले भने,‘करोड पटक गीत हेरिएकोमा बधाई छ। उनले गीतसंगीतका व्यापारीहरुले संगीतकार र गीतकारको रोयल्टी नदिई आफै मोटाउने गरेको आरोप लगाए । उनले दीपकको गीतकाबारेमा चर्चा गर्दै संगीतकार शर्माका गीतहरु ५ सय भन्दा बढि पोर्टलमा अपलोड भएको तर एक सुक्का नपाएको हुँदा यस बारेमा संगीतकर्मी एक हुनुपर्ने बताए।
उनले भने,‘व्यापारीहरुले बनाएको रोयल्टीबाट गीतकार र संगीतकारले के पायो।’

कार्यक्रमका प्रमुख अथिति वरिष्ठ गीतकार राजेन्द्र थापाले गीतहरु करोड क्लबमा पुग्नु चानचुने कुरा नरहेको बताए । गीतकार थापाकै शब्द रचनामा रहेको फिल्म ‘छक्का पञ्जा ३’को गीत ‘पहिलो नम्बरमा ’ र केहि महिना अघि रिलिजमा आएको फिल्म ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘दर्शन सलाम’ लगायत गीतहरु चलेकोमा खुसी व्यक्त गरे । उनले भने,‘एउटा चल्नु दुईटा चल्नु ठिकै हो तर ६ ६ वटा करोड पुग्नु चानचुने कुरा होइन ।’उनले कार्यक्रममा १२ वर्ष अघि दीपक शर्माले आफुलाई टेलिफोन गरेको कुरा स्मरण गरे ।
उनले भने,‘१२ केही वर्ष अगाडी २२ ,२३ वर्षको फुच्चेले फोन गर्यो । म दीपक शर्मा हो उनले टेलिफोनमा भन्यो । मैले यो नाम सुनेको थिएनँ । उसले गीत मसँग माग्यो । मैले भने गीत त म दिउँदा तर फ्रिमा दिन्नँ ।’

उनले कुराकानीका क्रममा आफुनो पारिश्रमिक समेत तोकेको कुरा टेलिफोनबाट दीपकलाई भनेछन् । उनले त्यो पहिलो फोनमा भनेको कुराकानी सम्झदै भने,‘मेरो पारिश्रमिक १० हजार हो दीपकलाई भने । उसले मेरो पारिश्रमिक दियो र गीत लग्यो । उसले रमा अर्याललाई गीत गाउन लगाएछ । यो गीतले उनलाई मात्र होइन गायिकालाई हिट पनि बनायो । त्यहाँबाट उसको र मेरो सहकार्य थालेको हो ।’उनले संगीतकार दीपक शर्मालाई भर्सटायल संगीतकारका रुपमा हेरेको समेत बताए । उनले हरेक संगीतकारलाई र उसको काम हेरेर सोही अनुसारको गीत लेख्ने गरेको सुनाए । ‘म गायक भन्दा पनि गीतकार र संगीतकार हेर्ने गरेको छु । मलाई दीपक र चेतनका कमजोरी पनि थाहा छ । चेतन सापकोटा, बसन्त सापकोटा , महेश खड्का लगायत ४ जनाको फिल्म कब्जामा रहेको थियो,’उनले भने,‘यसपछि ताराप्रकाश लिम्बूको पुस्ताले समातेका थिए । यो पुस्ता तोड्नलाई दीपकलाई निकै गारो थियो । तर उसको मेहनतले तोडेको हो।’ फिल्म ‘छक्का पञ्जा’ कै गीतका एक सर्जक तथा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले दीपक शर्मा राम्रो संगीतकार रहेको बताए । १२ वर्ष अघि नै फिल्म ‘सम्झि राखे है’को गीत डि सिने अवार्डमा परेको समयमा दीपकसँग जम्का भेट भएको स्मरण गरे । उनले भने,‘सुनन चम्पा देखन चम्पा सम्म आइपुग्दा १२ वटा जति गीतसम्म आइपुग्दा दीपकसँग सहकार्य गरि सकियो । गीतकारहरु स्याडोमा पर्ने गरेका छन् । सय वटा गीत रेकर्ड भए होलान् तर मलाई एउटै गीतले चिनाएको छ।’

उनले हजारौ गीतहरु लेखे पनि एउटै गीतले सर्जक चिनाउने बताए । उनले लेखेको गीत ‘सुनन चम्पा’बोलको गीतले गर्दा फिल्मका निर्माण टिम दीपकदीपाले फिल्मको कथा नै परिवर्तन गर्नु परेको बताए। ‘देखना चम्पाले गर्दा नै छक्का पञ्जाको स्क्रिप्ट परिवर्तन भएको थियो’,उनले भने। संगीतकार शर्माले आफु यतिकै संगीतमा लटपटिदै आउँदा आफ्ना केहि गीतहरुले युटुबमा करोड भन्दा बढि दर्शक पाएको बताए । यसले गर्दा आफु अत्यन्त खुसी रहेको भन्दै गीतका सर्जक तथा दर्शकलाई धन्यबाद दिए। उनले छिट्टै आफ्ना केहि गीतहरु पनि करोड पटक हेरिन लागेको जानकारी दिए । उनले भने,‘म यतिकै लटपटिएर यो स्थानमा आइपुगेको छु । १२ ओटा करोड क्लब पुग्न लागेका छन् । यो मेरा लागि अत्यन्तै खुसीको कुरा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर