ओली समुहको बैठकमा रावलले मलाई कार्यदलको तर्फबाट बोल्न दिनुस्, नभए उपाध्यक्षको तर्फबाट बोल्न दिनुस् भनेपछि... — OSNepal

ओली समुहको बैठकमा रावलले मलाई कार्यदलको तर्फबाट बोल्न दिनुस्, नभए उपाध्यक्षको तर्फबाट बोल्न दिनुस् भनेपछि…

LC (KTM) July 16, 2021 0

काठमाडौँ १ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु दश बुँदे सहमति अनुसार अगाडी नबढ्ने बताएका छन् ।

आज शुक्रबार तुलसीलाल प्रतिष्ठान, च्यासलमा जारी स्थायी कमिटिको बैठकमा माधव नेपाल समुहका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेको सहभागिता जनाएका थिए ।

बैठकलाई रोक्न आग्रह गर्न आएको बताएका नेता रावलले आफुलाई कार्यदलको तर्फबाट बोल्न दिनुस्, नभए उपाध्यक्षको तर्फबाट बोल्न दिनुस् भनेपछि ओली बोल्न समय दिएकोले उनले कार्यदलले गरेको सहमतिअनुसार अघि बढ्न आग्रह छन् ।

कार्यदलले सहमति गरेको अनुसार बैठक राख्न आग्रह गरेका रावलले भने, ‘कार्यदलले जे सहमति गरेको छ, त्यसअनुसार बैठक अगाडि बढाउनुस् ।’ तथाप् ओलीले भने बैठक नरोकिने बताएका छन् , ‘एमालेको एकतालाई खण्डित गर्ने खेल नगर्नुस् । राष्ट्रिय एकता, आम जनता र एमालेका कार्यकर्ताका हितका लागि एमालेको एकता अपरिहार्य छ । यसलाई कायम गरियोस् । कार्यदलमा जे सहमति गरेका छौं, त्यो भन्दा अन्यथा नगरियोस् ‘ ।

पार्टी एकताको लागि ओली सहितका शीर्ष नेताहरुले गम्भिर रुपमा सोच्नुपर्ने बताएका रावलले ओलीले आफ्नो निजी निवासबाट दिएको अभिव्यक्तिले अब पार्टी एकताको लागि केहि समय चाहिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर