युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन,दश लाखभन्दा बढी भाग्न बाध्य — OSNepal

युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन,दश लाखभन्दा बढी भाग्न बाध्य

LC (KTM) May 23, 2023 0

खार्तुम-मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

राजधानी खार्तुमका साथै वरपरका क्षेत्रमा हवाई हमला र झडप जारी रहेको उनीहरूले जनाएका छन् । यसअघिका युद्धविराम सम्झौता पूर्णतः कार्यान्वयन नभएकाले आजदेखि प्रारम्भ हुने युद्धविरामका बेला पनि झडप नहोला भन्नेमा सुडानी विश्वस्त हुन सकेका छैनन् ।

नर्वेली शरणार्थी परिषद्का कार्ल स्केम्बरीले आधिकारिक घोषणालाई युद्धरत पक्षले वेवास्ता गर्दै गोली प्रहार र बमबारीका घटना जारी राखेका तथा त्यसले लाखौँ नागरिकको ज्यान जोखिममा पारेको ट्वीटरमा लेखेका छन् । विगतका वाचा पालना नहुँदा मानवीय सहायताकर्मी, बालबालिका र अन्य मारिएका तथा अस्पतालहरू ध्वस्त भएकामा उनले दुःख व्यक्त गरेका छन् ।

अप्रिल १५ देखि सुडानका सैन्य प्रमुख अब्देल फताह अलबुर्हानको नेतृत्वमा सेना र उनका पूर्वसहायक मोहम्मद हमदान डग्लो नेतृत्वको अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सबीचको युद्धमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने पाँच हजारभन्दा बढी घाइते भएका छन् । दश लाखभन्दा बढी भाग्न बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर