अविवाहित अभिनेत्री इलियानाले पहिलो पटक सार्वजनिक गरिन् बेबी बम्प'का तस्विर — OSNepal

अविवाहित अभिनेत्री इलियानाले पहिलो पटक सार्वजनिक गरिन् बेबी बम्प’का तस्विर

LC (KTM) May 23, 2023 0

काठमाडौं -बलिउड फिल्म ‘बर्फी’ की अभिनेत्री इलियाना डिक्रूज आमा बन्दै छिन्। विवाह बिना गर्भवती बनेकी यी अभिनेत्रीले ‘बेबी बम्प’को तस्विर सार्वजनिक गरेकी छन् ।

उनले केही समयअघि आफू आमा बन्न लागेको जानकारी इन्स्टाग्राममार्फत दिएकी थिइन्। इलियानाकट्रीना कैफको भाइ सेबस्टियन लोरेन माइकलसँग डेट गरिरहेको बताइएको छ । इलियाना पछिल्लो समय फिल्म ‘द बिग बुल’ मा देखिएकी थिइन्।

अब उनी चाडै रणदीप हुड्डासँग फिल्म ‘अनफेयर एन्ड लभली’ मा देखिनेछिन्। अहिले उनले इन्स्टाग्राममार्फत ुबेबी बम्पुका तस्विर सार्वजनिक गरेपछि उनलाई बधाइको ओइरो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर