एमालेमाथि सवैतिरबाट तीव्र हमला भएको छ - ओली — OSNepal

एमालेमाथि सवैतिरबाट तीव्र हमला भएको छ – ओली

LC (KTM) May 23, 2023 0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरित सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गरेको आरोप लगाउनुभएको छ । मंगलबार ललितपुरमा नेकपा एमाले जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले न्यायपरिषद्मा ६५ बर्षभन्दा माथिलाई नियुक्त गर्न नपाउने व्यवस्था रहेपनि ७१ र ७७ बर्षका मान्छेलाई नियुक्त गरेको आरोप लगाउनुभएको हो ।

उहाले यस बिषयमा संविधान र कानूनका दफा देखाएर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बताउनुभयो । ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेको र डेड बर्षसम्म प्रतिपक्षीसंग संवाद पनि नगरेको भन्दै अहंकार र घमण्डले देश नचल्ने जिकिर गर्नुभयो । वर्तमान सरकार कुनै पनि ढंगले राष्ट्रप्रति जिम्मेवार नदेखिएको उहाको भनाइ छ । त्यस्तै अध्यक्ष ओलीले मुलुकमा आर्थिक लगाएत बिभिन्न समस्या देखिएपनि सरकार बेखवर जस्तै देखिएको तर्क गर्नुभयो ।

उहाले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको र नहुने भन्दै एमालेभित्र रहेर पार्टीको आदर्श र मूल्य मान्यताविपरितको काम गरे कारवाही गर्न अग्रसर हुने बताउनुभयो । ओलीले एमालेमाथि सवैतिरबाट तीव्र हमला गरेर सिद्धाउन खोजेपनि पार्टीलाई अझ सशक्त रुपमा अघि बढाउने पनि बताउनुभयो ।

उहाले पार्टी ध्वस्त पार्ने, पार्टी नेतृत्वप्रति अनास्था गर्ने काम भएपनि पार्टीलाई शुद्धिकरण गर्ने मौका पाएको र शुद्धिकरण कारण पार्टीलाई छोटो समयमा नै मजबुद अवस्थामा पुराएको दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर