अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठित देउवा सरकारलाई समर्थन नगर्ने एमालेको निणर्य — OSNepal

अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठित देउवा सरकारलाई समर्थन नगर्ने एमालेको निणर्य

LC (KTM) July 16, 2021 0

काठमाडौं १ साउन । नेकपा एमालेले सत्ता पक्ष नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवालार्य विश्वासको मत नदिने निणर्य गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आज बसेको स्थायी कमिटिको बैठकले सरकालाई समर्थन नगर्ने जनाएको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले समेत आफ्ना सांसदहरुलाई मत नदिन निर्देशन दिएका छन् ।

अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठित सरकारलाई पार्टीको समर्थन नरहेको बताएका ज्ञवालीले बैठकमा भने, ‘विश्वासको मत नदिने स्पष्ट गर्दै प्रतिनिधि सभाका सदस्यलाई पार्टी निर्णयको पालना गर्न निर्देशन दिने निर्णय भएको छ ‘ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर