राष्ट्रपतिबाट कांग्रेस सरकारको सिफारिसमा महान्यायाधिवक्तामा नियुक्त खातीलाई शपथ गराउन अस्वीकार — OSNepal

राष्ट्रपतिबाट कांग्रेस सरकारको सिफारिसमा महान्यायाधिवक्तामा नियुक्त खातीलाई शपथ गराउन अस्वीकार

LC (KTM) July 16, 2021 0

काठमाडौं १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेकी छन् ।

उनले आफ्नो उपस्थितिमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले बिहिबार खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेही थिइन् ।

महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने प्रचलन रही आएकोमा राष्ट्रपतिले पहिलो पटक उक्त नियम नै तोडिदिएकी छन् ।

अब महान्यायाधिवक्ता खातीलाई सर्वोच्च अदालतमा नै शपथ गराउने व्यवस्था गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर