४६ सालपछि बिभिन्न ओहोदामा पुगेका व्यक्तिहरुको सम्पती छानविन गर्नुपर्छ — OSNepal

४६ सालपछि बिभिन्न ओहोदामा पुगेका व्यक्तिहरुको सम्पती छानविन गर्नुपर्छ

LC (KTM) May 24, 2023 0

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि छाड्न नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै थापाले राज्यविरुद्धको अपराधमा एकजना मान्छे पनि छाड्न नहुने बताउनुभएको हो ।

उहाले शरणार्थी प्रकरणमा सरकारको परिक्षा भइरहेको भन्दै सरकारको परिक्षापछि न्यायालयको परिक्षा सुरु हुने बताउनुभयो । थापाले शरणार्थी प्रकरणमा आइरहेको नामहरु सुन्दा लाज पनि लजाएको अवस्था रहेको धारणा राख्नुभयो ।

सलाम गर्ने वा सलामी लिने जो कोहि व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै उहाले न्यायको अनुभूति हुने गरि फैसला हुनुपर्ने बताउनुभयो । त्यस्तै थापाले चैत्र महिनामा नीति तथा कार्यक्रम बनाएर बैशाख र ज्येष्ठ महिना बजेट कार्यान्वयनका लागि कानून बनाउने काममा व्यतित गर्नुपर्ने बताउनुभयो ।

छलफलमा भाग लिदै एमाले सांसद गोकर्ण बिष्टले ४६ सालपछि बिभिन्न ओहोदामा पुगेका व्यक्तिहरुको सम्पती छानविन गर्नुपर्ने र कर नतिरेका सम्पतीहरु जफत गर्नुपर्ने बताउनुभयो । उहाले सरकारको नीति तथा कार्यक्रम यथार्थपरक नरहेको भन्दै जनताको भावना समेटिने गरि परिस्कृत गर्नुपर्ने सुझाव दिनुभयो ।

बिष्टले सरकारको कार्यक्रममा सांसदहरुको रचनात्मक सुझावहरुलाई समावेश नगरिए संसदीय पराम्पराको निरन्तरता मात्रै हुने जिकिर गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर