अर्थतन्त्र गम्भीर अवस्थामा रहदा पनि गम्भीरतापूर्वक लिइएन् — OSNepal

अर्थतन्त्र गम्भीर अवस्थामा रहदा पनि गम्भीरतापूर्वक लिइएन्

LC (KTM) May 24, 2023 0

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आरोप प्रत्यारोपमा उत्रिएर संसदको थलोलाई दुरुपयोग नगर्न आग्रह गर्नुभएको छ ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा लामिछानेले मुलुकको आर्थिक अवस्थाका बारेमा सवै दलहरु गम्भीर हुनुपर्ने भन्दै आरोप प्रत्यारोपमा उत्रिएर संसदको थलोलाई दुरुपपयोग नगर्न आग्रह गर्नुभएको हो । उहाले नीति तथा कार्यक्रममार्फत मुलुकको वर्तमान अवस्थाको इमान्दरीतापूर्वक समिक्षा हुनुपर्ने धारणा राख्नुभयो ।

५ महिना सरकार गठन र पुनर्गठनमा व्यतित भएको र आर्थिक बृद्धि अत्यन्तै न्यून भएको तथ्यलाई आत्मसाथ गरेर मात्रै कार्यक्रम आउनुपर्नेमा त्यसो हुन नसकेको उहाको भनाइ छ । सभापति लामिछानेले अर्थतन्त्र गम्भीर अवस्थामा रहदा पनि यसलाई राजनीतिक तथा प्रशासनिक नेतृत्वले गम्भीरतापूर्वक लिएको नदेखिएको तर्क गर्नुभयो । अरुलाई मितव्ययीको सुझाव दिने सरकार आफैले फजुल खर्चमा प्रोत्साहन गरिरहेको देखिएको उहाले बताउनुभयो ।

उहाले अहिलको करको दायरा हेर्दा राजनीतिक दल र नेतासंग निकट भएका व्यवसायीहरुसंग प्रभावित भएजस्तो देखिएकाले यसलाई सम्बोधन गर्ने कुनै शव्द नरहेको जिकिर गर्नुभयो । उहाले रास्वपाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने भएपनि विरोधका लागि विरोध नगर्ने तर सरकारले गलत गरेको छ भने सदन र सडकमा उठाउन तयार रहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर