कान्ये वेस्टविरुद्ध दुई मिलियन डलरको मुद्धा दर्ता — OSNepal

कान्ये वेस्टविरुद्ध दुई मिलियन डलरको मुद्धा दर्ता

LC (KTM) May 25, 2023 0

लसएन्जल्स, ११ जेठ ।  अमेरिकी र्यापर कान्ये वेस्ट र ग्याप व्याण्डबीच कानूनी लडाइँ शुरु भएको छ ।

व्याण्डले कान्येविरुद्ध दुई मिलियन डलरको लो सूट फाइल गरेको छ । व्याण्डले कान्येसँगको सहकार्य असफल भएको दाबी गरेको छ ।

यो मामलामा एकअर्काबीच आरोप प्रत्यारोप जारी छ । यो विषय एक रेन्टल प्रोपर्टीसँग जोडिएको छ । अदालतमा पेश भएको कागजात अनुसार कान्येले प्रोपर्टीमा कैयौं अनाधृकित परिवर्तन गरेका छन् । ग्यापले आफ्नो अनुमति बिना कान्ये परिवर्तन गरेको आरोप लगाएको छ । जसकारण दुवै पक्षबीच भएको सम्झौता तोडिएको छ ।

ग्यापले कान्येमाथि कैयौं अन्य आरोप पनि लगाएको छ । कान्येको एकल निर्णयले २ मिलियन डलर क्षति भएको भन्दै त्यसको क्षतिपूर्ति मागिएको छ । यो विषयमा कान्येको कुनै प्रतिक्रिया आएको छैन ।

ग्यापले यसअघि नै कान्येसँगको आफ्नो साझेदारी तोडिसकेको थियो । यो ल सूटले अहिले कान्येलाई समस्यामा पार्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर