अनलाइन सोफा सेन्टरले ईटहरीमा खोल्यो शाखा — OSNepal

अनलाइन सोफा सेन्टरले ईटहरीमा खोल्यो शाखा

LC (KTM) May 25, 2023 0

काठमाडौं । अनलाइन सोफा सेन्टरले पूर्वको ईटहरीमा आफ्नो शाखा विस्तार गरेको छ । पूर्वी नेपालका ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले सुनसरीको ईटहरीस्थित हलगाढा चोकमा सोफा तथा फर्निचर स्टोर खोलेको हो । सुनसरी, मोरङ, झापा लगायतका क्षेत्रका ग्राहकलाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले ईटहरीमा शाखा स्थापना गरिएको अनलाइन सोफा सेन्टर प्रा.लि का अध्यक्ष एवं सञ्चालक युवा व्यवसायी शिशिर अधिकारीले बताए।

ईटहरीमा शाखामा भएका सामान ग्राहकहरुले सीधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्था कम्पनीले गरेको छ। आसपासका ग्राहकले शोरुम नै पुगेर समेत हेरेर सामान किन्न सक्ने अध्यक्ष अधिकारीले जानकारी दिए।उनका अनुसार काठमाडौंमा मात्र उपलब्ध हुने उत्कृष्ट गुणस्तरका सोफा तथा फर्निचर त्यस क्षेत्रका ग्राहकले अब ईटहरीबाटै खरिद गर्न पाउनेछन्।‘पूर्वी नेपालका जिल्लाहरुबाट ग्राहकहरुले एकदमै धेरै चासो दिएर अनलाइन सोफाका उत्पादनहरु मन पराउनुभयो’, उनले भने, ‘त्यसैले शाखा नै खोलेर त्यतै बिक्री थालेका छौं ।’

कम्पनीले हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको जनाएको छ । ‘हामीसँग दक्ष कार्पेन्टरहरु छन, गुणस्तरीय सामान नै प्रयोग गर्छौं, जसले गर्दा उत्पादनको क्वालिटी र फिनिसिङ ग्राहकले खोजेजस्तै हुन्छ’, कम्पनीका अध्यक्ष अधिकारी भन्छन्। उनका अनुसार कम्पनीले चाडैं काठमाडौंको बसुन्धरामा समेत शाखा सञ्चालनमा ल्याउँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर