जंगली च्याउँ खाँदा तनहुँमा एकै घरका तीनजना गम्भिर बिरामी, अस्पतालमा भर्ना — OSNepal

जंगली च्याउँ खाँदा तनहुँमा एकै घरका तीनजना गम्भिर बिरामी, अस्पतालमा भर्ना

LC (KTM) May 26, 2023 0

तनहुँ, १२ जेठ । जंगली च्याउ खाँदा तनहुँमा एकै घरका तीन जना बिरामी परेका छन् ।बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीनजना बिरामी परेका हुन ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता मोहनबहादुर खाँडका अनुसार शुकबहादुर गुरुङ, उनकी श्रीमती ६० बर्षिया मीनमाया तामाङ गुरुङ र ३२ बर्षिया छोरा थमन गुरुङ बिरामी भएका हुन् ।

उनका अनुसार बिरामी भएपछि तीन जनाको दमौली स्थित दमौली अस्पतालमा उपचार गरिएको थियो । तर, शुकबहादुरलाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा रेफर गरिएको छ भने बाँकी दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर