६० वर्षीय अभिनेता आशिष बिद्यार्थीले गरे रुपाली बरुआहसँग दोस्रो बिबाह — OSNepal

६० वर्षीय अभिनेता आशिष बिद्यार्थीले गरे रुपाली बरुआहसँग दोस्रो बिबाह

LC (KTM) May 26, 2023 0

मुम्बई, १२ जेठ । यतिबेला मनोरञ्जन क्षेत्रबाट एउटा खुसीको खबर आएको छ ।बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म आफ्नो खलनायकको भूमिकाबाट फ्यानको मनमा स्थान बनाएका ६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन् ।

अभिनेताले भर्खरै कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरे, जसका तस्विरहरू सोशल मिडियामा ट्रेन्डिङ भइरहेका छन्। यी तस्विरहरु हेरेपछि फ्यानहरु पनि प्रतिक्रिया नदिएर बस्न सक्दैनन् । यति मात्र होइन, उनी अभिनेतालाई उनको नयाँ इनिङ्सका लागि बधाई दिँदै आएका छन् ।

फ्यानहरुले शेयर गरेका तस्विरमा आशिष विद्यार्थी र उनकी श्रीमती रुपाली बरुआ परम्परागत सेतो पहिरनमा देख्न सकिन्छ । योसँगै उनको अनुहारमा ठूलो मुस्कान पनि देखिएको छ । यसबाहेक, आफ्नो विवाह गर्ने निर्णयको प्रतिक्रिया दिँदै, दिग्गज अभिनेताले इ–टाइम्ससँग कुरा गर्दै भने, ‘जीवनको यो चरणमा, रूपालीसँग विवाह गर्न पाउँदा असाधारण अनुभूति भएको छ। हामीले बिहान कोर्ट विवाह गर्यौ र साँझ गेट टुगेदर सकियो।’

आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् । जसमा १९४२ः ए लभ स्टोरी, बाजी, जीत, मृत्युदाता, अर्जुन पण्डित, मेजर साब, सोल्जर, हसिना मान जायेगी, जानवर, वास्तवः द रियलिटी, जोरु का गुलाम, रिफ्युजी, जोडी नम्बर १ जस्ता दर्जनौ फिल्महमा अभिनय गरेका छन । उनको खलनायकको भूमिकालाई निकै रुचाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर