दाङमा बाख्रालाई जोगाउन खोज्दा पानी बोकेको भ्यान पल्टियो — OSNepal

दाङमा बाख्रालाई जोगाउन खोज्दा पानी बोकेको भ्यान पल्टियो

LC (KTM) May 26, 2023 0

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ जसपुरमा दुर्घटना भएको पिकअप भ्यानलाई निकालिँदै । पानी बोकेको उक्त भ्यान बाख्रालाई जोगाउन खोज्दा दुर्घटनामा परेको हो ।

यो पनि : विद्यालयमा करेन्ट लागेर छात्रको मृत्यु:सप्तरी, १२ जेठ । सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।

विद्यालयले आयोजना गरेको हाउस वाइज क्रिकेट टुर्नामेन्टमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका झुटकी–२ बस्ने १५ वर्षीय तेसलानन्द यादवको शुक्रबार बिहान मृत्यु भएको हो ।

राजविराज कुनौली रोडमा रहेको विद्यालयमा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा लैजानेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकका आफन्तले विद्यालयको लारबबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर