अवतरणका क्रममा विमानको ढोका खुलेपछि... — OSNepal

अवतरणका क्रममा विमानको ढोका खुलेपछि…

LC (KTM) May 26, 2023 0

सोल-विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ ।

देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरण अगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ ।

संयोगले भवितव्यबाट जोगिए पनि केही यात्रीलाई श्वासप्रश्वासमा कठिनाई भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । ढोका खुला राखेरै विमान अवतरण गरिएको घटनाको छानविन भइरहेको छ । डेगु विमानस्थल राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ । घटना आज मध्याह्नको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर