वीर अस्पतालमा कार्यरत चिकित्सक ड्युटी समयमै निजी क्षेत्रका अस्पताल गए कारबाही गरिने — OSNepal

वीर अस्पतालमा कार्यरत चिकित्सक ड्युटी समयमै निजी क्षेत्रका अस्पताल गए कारबाही गरिने

LC (KTM) May 26, 2023 0

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक साताभित्र वीर अस्पतालको सेवामा सुधार गर्न निर्देशन दिनुभएको छ । विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार नै काठमाडौं फर्कनुभएका मन्त्री बस्नेतले अस्पतालको आकस्मिक निरिक्षण गर्दै एक साताभित्र विरामीहरुले महसुस हुने गरि र सुधार भएको देखिने गरि सेवामा सुधार गर्न निर्देशन दिनुभएको हो ।

वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने उहाको भनाइ छ । उहाले वीर अस्पताल देशको लिडर अस्पताल भएकाले सुधारका कार्ययहिबाटै हुनुपर्ने धारणा राख्नुभयो । मन्त्री बस्नेतले वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

त्यसैगरि उहाले अस्पतालमा रहेका बेड र आईसियू बेड खाली भए नभएको जानकारी वेभसाइटमा राख्न समेत निर्देशन दिनुभयो । उहाले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरुमा जाने गरेको पाइएकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारवाही गर्न पनि निर्देशन दिनुभयो ।

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेत लगाएतले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका बिषयमा जानकारी गराउनुभएको थियो । मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आईसियू, आकस्मिक कक्ष, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्वपूर्ण विभागहरुको निरीक्षण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर