यिनै हु्न् सुदूरपश्चिमबाट लागूऔषधसहित पक्राउ परेका तीन जना युवक — OSNepal

यिनै हु्न् सुदूरपश्चिमबाट लागूऔषधसहित पक्राउ परेका तीन जना युवक

LC (KTM) May 26, 2023 0

धनगढी, १२ जेठ-कञ्चनपुरको भीमदत्त र कैलालीको टीकापुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।टीकापुर नगरपालिका–९ खर्गौलाबाट लागूऔषधसहित जानकी गाउँपालिका–४ जानकी नगरका २१ वर्षीय दिपेश चन्द पक्राउ परेका छन् । उनी ५ ग्राम लागुऔषधसहित विहिबार पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४  का २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बादीलाई रेक्सोजेसिक एक सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन एक सय ५८ एम्पुलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर