जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त — OSNepal

जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त

LC (KTM) May 26, 2023 0

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले आज प्रदीपलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको सो पार्टीले जनाएको छ ।

पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका सङ्घीय सांसद यादव यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री हुनुहुन्थ्यो । उहाँलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर