श्रीलङ्काले अर्को महिना सवारी साधनको इन्धन कोटा बढाउने — OSNepal

श्रीलङ्काले अर्को महिना सवारी साधनको इन्धन कोटा बढाउने

LC (KTM) May 26, 2023 0

कोलम्बो-श्रीलङ्काकाले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने भएको छ । श्रीलङ्काका ऊर्जा तथा ऊर्जामन्त्री कञ्चना विजेसेकेराले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको बताउनुभएको हो । इन्धनको मूल्य वृद्धि हुँदा कोटा बढाउने निर्णय गर्नुपरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय इन्धन पास ‘क्यूआर’ प्रणालीमा हाल अनुमति दिइएको इन्धनको कोटा अर्को महिना बढाइने उहाँले ट्वीटरमा उल्लेख गर्नुभएको छ । सिलोन पेट्रोलियम कर्पोरेसनका पदाधिकारीसँग बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको उहाँले उल्लेख गर्नुभएको छ ।

विदेशी मौज्दातको अभावका कारण पर्याप्त मात्रामा इन्धन खरिद गर्न कठिनाइ भएपछि श्रीलङ्काले गत वर्ष इन्धन कोटा लागू गरेको थियो । श्रीलङ्काले विभिन्न रणनीतिहरूको अन्वेषण ग¥यो र तीमध्ये एउटामा उत्पादक देशहरूमा स्थापित प्रतिष्ठित पेट्रोलियम कम्पनीहरूबाट देशमा पेट्रोलियम पदार्थहरू आयात, भण्डारण, वितरण र बिक्री गर्न रुचिको अभिव्यक्ति आमन्त्रण गर्नु समावेश थियो ।

श्रीलङ्काको मन्त्रिपरिषद्ले तीन वटा विदेशी कम्पनीलाई लाइसेन्स प्रदान गर्न सहमति जनाइसकेको छ । सरकारले देशको खुद्रा इन्धन बजारलाई खुल्ला गराउन चाहन्छ । चीनको सिनोपेकलगायत विदेशी कम्पनीलाई हाल सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेसनले सञ्चालन गर्दै आएको एक सय ५० वटा डिलरबाट सञ्चालित पेट्रोल पम्प उपलब्ध गराइनेछ । कम्पनीहरूलाई नयाँ स्थानमा ५० वटा नयाँ ग्यास स्टेसन स्थापना गर्न पनि अनुमति दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर