२० लाखको लागतमा धनकुटामा गाँजरको स्तम्भ निर्माण गरियो — OSNepal

२० लाखको लागतमा धनकुटामा गाँजरको स्तम्भ निर्माण गरियो

LC (KTM) May 28, 2023 0

धनकुटा, १४ जेठ ः धनकुटा नगरपालिका– २ स्थित गाँजरको पकेट क्षेत्र भीरगाउँमा निर्मित गाँजरको स्तम्भ । सङ्घीय सरकारको १० लाख र वडा कार्यालयको १० लाख गरी कुल २० लाखको लागतमा स्तम्भ निर्माण गरिएको वडाध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिनुभयो ।

यो पनि : लागुऔषधसहित ३ जना पक्राउ :काठमाडौं, १४ जेठ । चितवन र कञ्चनपुरबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका(१६ सूर्योदय टोलबाट नियन्त्रित लागुऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रविन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका(१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ र अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी ‍गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी रविनलाई पक्राउ गरेको हो । हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका(१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित बेलडाँडी गाउँपालिका(१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडासमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर