डा भगवान कोइरालाद्वारा गैर आवासीय नेपाली संघ अमेरिकाको सचिवालयको उद्घाटन — OSNepal

डा भगवान कोइरालाद्वारा गैर आवासीय नेपाली संघ अमेरिकाको सचिवालयको उद्घाटन

LC (KTM) May 30, 2023 0

विजय थापा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाले पुरै रकम चुक्ता गरि खरिद गरेको आफ्नै सचिवालयको उद्घाटन नेपालका प्रख्यात चिकित्सक भगवान कोइरालाले गरेका छन् ।

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित सचिवालयमा पूजाअर्चना सहित अमेरिकाको विभिन्न राज्यहरुबाट आएका सदस्य,आमन्त्रित अतिथि तथा चन्दादाताहरुको उपस्थितिमा विधिवत रुपमा उद्घाटन गरिएको छ ।

स्थापना काल देखि नै झोलामा नेतृत्वले सचिवालय लिएर हिड्दै आएको एनआरएनए अमेरिकाले आह्वान गरेको छोटो समय पुरै रकम चुक्ता गरि आफ्नै सचिवालय खोल्न सफल भएकोमा बिश्व भरि रहेका सबै सदस्यहरुमा खुसी छाएको छ ।

गत मे २८ आइतबारका दिन बिहान ९ बजेको शुभ साइतमा पूजा अर्चना गरि सम्पन्न गरिएको छ । उद्घाटन पछि अतिथि डा भगवान कोइराला ,एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष द्वय डा केशव पौडेल तथा खगेन्द्र जिसी तथा बिभिन्न व्यक्तित्वहरुले आफ्ना भनाई राखेका थिए ।सोही साँझ भर्जिनिया राज्यकै फल्सचर्च स्थित एक अतिथी गृहमा आफ्नै भवन खरिद गर्न खुलेर दान गर्नु हुनेलाई ताम्रपत्र ,प्रमाण पत्र तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमको सभापतित्व एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले गरेका थिए भने कार्यक्रममा अधिकांश पदाधिकारी सहित पूर्व अध्यक्ष डा केशव पौडेलको उपस्थिति रहेको थियो । सम्मान कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियकी अध्यक्ष रबिना थापा प्रमुख अतिथिको भूमिका निर्वाह गरेकी थिइन् ।

सम्मान कार्यक्रममा पदाधिकारी ,आमन्त्रित अन्तरराष्ट्रियका पदाधिकारी,अतिथि ,बिश्व दुई चक्र वाहन (साइकल यात्री )अजित बराल लगायत सामाजिक अभियन्ताहरुले मन्तब्य राखेका थिए ।

भर्जिनियामा आफ्नै भवन खरिद गर्ने पहल र बिशेष जिम्मेवारी पाएका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । समिति निर्माण गरि अहोरात्र खट्नेहरुमा क्रमस वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थ, कोषाध्यक्ष राजिब श्रेष्ठ ,अध्यक्ष बुद्धि सागर सुबेदी लगायत पदाधिकारीहरु सहितले गरेको अथक मेहनत र प्रयासले सचिवालयको रकम पुरै चुक्ता गर्न सफल हुन् सम्भव भएको हो ।

उक्त दाता सम्मान कार्यक्रममा सबै भन्दा ज्यादा रकम सहयोग गर्नु हुने क्यालिफोर्निया शाखालाई बिशेष ताम्रपत्र प्रदान गरिएको थियो । कार्यक्रम बीचमा दाताहरुको तस्बिर सहित नामावली प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रबिना थापाले बधाई दिएकी थिइन् भने अध्यक्ष बुद्धि सागर सुबेदीले आफ्नो कार्यकालमा गरेका महत्वपूर्व कार्यहरुको बारेमा चर्चा गरेका थिए । ताम्रपत्र ,प्रशंसा पत्रहरु रबिना थापा ,बुद्धि सुबेदी,डा केशव पौडेल, कृष्ण जीबी पन्थ ,राजिब श्रेष्ठ ,राजन त्रिपाठी लगायतले वितरण गरेका थिए ।

कार्यक्रम संचालन महासचिव अन्जन कुमार चौलागाईले गरेका थिए । सचिवालय खरिद गर्न अहोरात्र खट्ने र आफूले प्राप्त गर्ने रकम समेत नलिएका भर्जिनिया का घर खरिद बिक्री अभिकर्ता(रियलटर) राम मिश्रालाई सबैले धन्यबादको साथै प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर