समाजसेवी कार्कीले गरे आजदेखि सञ्चालनमा आउने मातातीर्थ अस्पतालका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग — OSNepal

समाजसेवी कार्कीले गरे आजदेखि सञ्चालनमा आउने मातातीर्थ अस्पतालका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग

LC (KTM) May 15, 2021 0

काठमाडौँ, १ जेठ – समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव भइरहेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं ८ को आइसोलेसनका लागि उक्त सिलिण्डर कार्कीले सहयोग गर्नुभएको हो ।

चन्द्रागिरिमा आजदेखि सञ्चालनमा आउने मातातीर्थ अस्पतालका लागि कार्कीले सङ्कलन गर्नुभएको १८ थान अक्सिजन सिलिण्डर प्रदान गर्नुभएको चन्द्रागिरि–८ का वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो । कार्कीले सो आइसोलेसनको लागि आवश्यक सहयोग गर्दै जाने उल्लेख गर्नुभयो । “मैले व्यक्तिगत खर्चबाट कोरोना सङ्क्रमितको लागि अक्सिमिटर दिन लागेको छु”, उहाँले भन्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर