नक्कली भुटानी शरणार्थी प्रकरणका सवै अपराधीहरुलाई कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीको प्रदर्शन — OSNepal

नक्कली भुटानी शरणार्थी प्रकरणका सवै अपराधीहरुलाई कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीको प्रदर्शन

LC (KTM) May 30, 2023 0

नक्कली भुटानी शरणार्थी प्रकरणका सवै अपराधीहरुलाई कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ । शरणार्थी प्रकरणमा संलग्न सवैलाई कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्ने माग राख्दै नेकपा एस निकट नेपाल बुद्धिजीवी परिषद्( समाजवादी)ले ले मंगलबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचारको पुरानो फाइलहरु खोलेर पूर्ण छानविन गरि कानूनी कारवाही गर्नुपर्ने माग समेत राखेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले शरणार्थी प्रकरणमा कोहि दोषि नउम्कने र कोहि निर्दोष नफस्ने गरि अनुसन्धानलाइ निष्कर्षमा पुराउनुपर्ने बताउनुभयो । उहाले शरणार्थी प्रकरणको अनुसन्धान गरेर सरकारले राम्रो काम गरेको भन्दै अन्य भ्रष्टाचारका मुद्दाहरुको पनि छानविन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीले मंगलबारनै नक्कली भुटानी शरणार्थी प्रकरण, भ्रष्टाचार र राष्ट्रदोह विरुद्ध सडक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर