जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ — OSNepal

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

LC (KTM) May 31, 2023 0

मुस्ताङ, १७ जेठ । घरपझोङ गाउँपालिका-४ काठेपुलस्थित स्याङ्जा बिरुवा गाउँपालिका-४ घर भएका कुलमान सिंह थापाको हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा थापासमेत ६ जनालाई साँझ प्रहरीले पक्राउ गरेको छ ।

सो होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७३ हजार ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर