टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु — OSNepal

टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

LC (KTM) June 04, 2023 0

धनगढी, २१ जेठ-कैलालीमा मोटरासाइकलको ठक्करबाट एक जनाएको मृत्यु भएको छ ।

जिल्लाको टीकापुर नगरपालिका–७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो । भजनी नगरपालिका–८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल बाँके हुँदै टीकापुर अस्पतालमा थप उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर