दार्चुलामा घाइते फेला परेका पुरुषको मृत्यु — OSNepal

दार्चुलामा घाइते फेला परेका पुरुषको मृत्यु

LC (KTM) June 04, 2023 0

दार्चुला, २१ जेठ-दार्चुला सदरमुकाम खलंगा बसपार्क नजिक घाइते भइ बेहोस अवस्थामा फेला परेका एक पुरूषको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ ।

आइतबार बिहान २:३५ बजेको समयमा महाकाली नगरपालिकाको वडा नम्वर ४ स्थित जिप पार्क (पिपलवोट) नजिक वेहोस अबस्थामा फेला परेका  नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ घर भएका देव परियारको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

राति अचेत अवस्थामा फेला परेका परियारलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्‍याएको थियो । मृतक परियारको टाउँकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा आइतबार बिहान ९ बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक परियार दार्चुलामा ज्यालादारीमा काम गर्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर