शौचालयको ढोकामा अवार्ड झुन्ड्याउँछन् नसीरुद्दीन — OSNepal

शौचालयको ढोकामा अवार्ड झुन्ड्याउँछन् नसीरुद्दीन

LC (KTM) June 05, 2023 0

मुम्बई- बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाहले आफ्ना लागि अवार्ड कार्यक्रमको कुनै महत्व नरहेको बताएका छन् ।  उनले दमदार अभिनयका लागि आफूले पाएका सबै अवार्ड शौचालयको ढोकाको ह्याण्डलमा झुण्ड्याएको खुलासा गरेका छन् ।

‘मेरा लागि फिल्म फेयर जस्तो अवार्डले पनि महत्व राख्दैन । मेरो एक फार्म हाउस छ, जहाँको ट्वाइलेट हेण्डलमा यी सबै अवार्ड झुण्डिइरहेका छन्’ उनले भनेका छन् ।

नसीरुद्दीनको बुझाईमा यी ट्रफीको कुनै मूल्य छैन । उनले जब पहिलोपटक अवार्ड पाएका थिए, त्यो बेला उनी निकै खुशी भएका थिए । ‘त्यसपछि मैले धमाधम अवार्ड पाउन थालें । जुन काम मेरो करियरको सुरुवातमा भयो । पछि मलाई थाहा भयो कि जुन अवार्डको यो लामो नतिजा छ, यो मेरो कामले गर्दा पाएको छैन’, उनले खुलाए । उनले आफ्ना लागि पद्मश्री, पद्मभूषण जस्ता अवार्डको मात्र महत्व हुने बताए ।

उनको अनुभवमा कोही कलाकारले ज्यान दिएर काम गर्छ भने त्यो राम्रो कलाकार हो । ‘तपाईंले टोकरीबाट एउटा बन्दा निकालेर यो राम्रो छ भन्नुभयो भने त्यो कसरी जायज हुन्छ । जबकी जुन मैले दुईवटा पाइरहेको थिएँ, त्यो म लिन नै गइन् । मैले जहाँ फार्महाउस बनाएको थिएँ, त्यहाँ लगेर यी अवार्ड झुन्ड्याउनु उपयुक्त ठाने । आज जो जो मेरो बाथरुममा जान्छन्, उनीहरुले दुई दुई अवार्ड पाउँछन् । दुवै हातले ढोका खोल्नुपर्छ, उनीहरुलाई दुई फिल्म फेयर अवार्ड’, उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर