पाँचथरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा यामबहादुरले गुमाए ज्यान,उदय गम्भिर घाइते — OSNepal

पाँचथरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा यामबहादुरले गुमाए ज्यान,उदय गम्भिर घाइते

LC (KTM) July 18, 2021 0

कुम्मायक गाउँपालिका–३ मा निर्माणाधीन तमोर कोरिडोर सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका ४५ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवारमा तेह्रथुमकै उदय कार्की घाइते भएका छन्। उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल फिदिम ल्याइएको छ। लिम्बू कुम्मायक–५ स्याबरुम्बामा भवन निर्माणको कामका लागि तेह्रथुमबाट आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर