कैलालीमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु — OSNepal

कैलालीमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु

LC (KTM) June 07, 2023 0

धनगढी, २५ जेठ- कैलालीमा मोटरसाइकलको पछाडिबाट महिला खस्दा मृत्यु भएको छ ।जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नंम्बरको मोटरसाइकल पछाडि सवार सोहि ठाउँकी ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो । भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जादै गर्दा ठेकीमा खसेकी थिइन्। डगौरा आफै पछाडिबाट खसेपछि टाउकोमा गम्भिर चोट लागेको थियो ।

उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर