साउथकी प्रख्यात अभिनेत्री प्रिया प्रकाशको आँखा झिम्काउने दृश्य विवादमा — OSNepal

साउथकी प्रख्यात अभिनेत्री प्रिया प्रकाशको आँखा झिम्काउने दृश्य विवादमा

LC (KTM) June 09, 2023 0

मुम्बई, २६ जेठ । साउथकी प्रख्यात अभिनेत्री प्रिया प्रकाश वारियर सन् २०१८ मा फिल्म ‘ओरु अदार लभ’मा रहेको ‘आँखा झिम्काउने’ दृश्यबाट रातारात चर्चित बनेकी थिइन् ।

त्यो समयमा उनलाई ‘विंक गर्ल’ समेत भनिएको थियो । त्यो बेला यो दृश्यले उनले जति सनसनी मच्चाएकी थिइन्, अहिले यही दृश्यका कारण विवादमा तानिएकी छन् ।

प्रियाले अहिले आएर त्यो दृश्यको अवधारणा आफूले निकालेको दाबी गरेकी छन् । ‘मैले त्यो दृश्यको अवधारणाबारे निर्देशकलाई जानकारी गराएको थिएँ’, उनले भनेकी छन् ।

प्रियाको दाबीमा फिल्मका निर्देशक ओमर लुलुले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा प्रियालाई मजाकको पात्र बनाएका छन् । उनले स्मरण शक्ति बढाउने औषधि खान सुझाव पनि दिएका छन् ।

‘बिचरा बच्चाले ५ वर्षपछि बिर्सिएछ । यो आयुर्वेदिक औषधि स्मरण शक्ति गुमाउनेका लागि उपयुक्त हुन्छ’, उनले ट्वीटरमा एक आयुर्वेदिक औषधिको तस्वीर राख्दै लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर