स्केटिङमा अच्यूत खनालको निरन्तरता — OSNepal

स्केटिङमा अच्यूत खनालको निरन्तरता

LC (KTM) June 09, 2023 0

काठमाडौँ – नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ सङ्घको चुनावी साधारणसभाले अच्यूत खनाललाई निरन्तरता दिँदै १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईं, सह–सचिवमा डिक्रकुमार घिमिरे तथा कोषध्यक्षमा रत्नकुमारी राई हुनुहुन्छ । राजकुमार घिमिरे, सिजम सिजाली, सन्दिप नेपाली, दिपेश आचार्य र माइकल बस्नेत सदस्यमा चयन हुनुभयो ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवम् प्रमुख निर्वाचन अधिकृत मिनकुमार शर्माले प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराउनुभयो । त्यसअघि कुपण्डोलमा भएको साधारणसभाको राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच उद्घटन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर