'साजन जी घर आएमा' सलमानको सट्टा डुप्लिकेट गरेका थिए अभिनय — OSNepal

‘साजन जी घर आएमा’ सलमानको सट्टा डुप्लिकेट गरेका थिए अभिनय

LC (KTM) June 10, 2023 0

मुम्बई, २७ जेठ । फिल्म ‘कुछ कुछ होता हे’ जति सफल भयो, यसमा रहेका गीत दर्शकमाझ उत्तिकै लोकप्रिय बने ।फिल्मको शीर्ष गीत होस् या ‘साजन जी घर आए’ दर्शकको मुखमा अहिले पनि झुण्डिरहेको छ । यी गीतलाई बलिउडमा अहिले पनि ‘आइकनिक ट्रयाक’ मानिन्छ । गीत ‘साजन जी घर आए’मा सलमान खानको अभिनय छ । यो गीतको कोरियोग्राफर फराह खानले गीतको अधिकांश दृश्यमा सलमानको डुब्लिकेटले अभिनय गरेको खुलासा गरेकी छन् ।

फिल्मका केही दृश्यमा सलमानले अमन चरित्रमा अभिनय गरेका छन् । फराहका अनुसार सलमानको डुब्लिकेट रितले गीतमा नृत्य गरेका थिए । ‘रितजी निकै क्युट थिए । म भन्छु कि साजन जी घर आए मा सलमानको आधा गीत सलमानको डुब्लिकेट बनेर रितजीले पुरा गरे । किनकी सलमान दुई तीन घण्टाका लागि मात्र आउँथे ।बाँकी ब्याक सट, टप सट, वाइड सट सबै रितले गर्थे’, उनले भनेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर