सडक माथिबाट झरेको पहिरोले पुरिएर नुवाकोटमा मनकुमारको मृत्यु — OSNepal

सडक माथिबाट झरेको पहिरोले पुरिएर नुवाकोटमा मनकुमारको मृत्यु

LC (KTM) June 15, 2023 0

नुवाकोट, ३२ जेठ-बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । 

सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिइने प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर