खेत जोत्दा जोत्दै ट्र्याक्टर पल्टिँदा ३४ वर्षीय सन्दीपले ज्या न गुमाए — OSNepal

खेत जोत्दा जोत्दै ट्र्याक्टर पल्टिँदा ३४ वर्षीय सन्दीपले ज्या न गुमाए

LC (KTM) July 18, 2021 0

चितवन, ३ साउन – खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा भरतपुर महानगरपालिका– ५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना४त ३१५२ नंको ट्र्याक्टर पल्टिँदा ट्र्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृ त्यु भएको प्रहरीले जनाएको छ ।

४९ दशमलव २० प्रतिशत मुद्दा फछ्र्यौट-जिल्ला अदालत महोत्तरीले गत आर्थिक वर्षमा ४९ दशमलव २० प्रतिशत मुद्दा गरेको छ । अदालतले आर्थिक वर्ष २०७७÷०७८ मा कूल तीन हजार ५४२ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकामा गत असार २५ गते सम्ममा एक हजार ७४३ मुद्दा मात्र फछ्र्यौट गर्न सफल भएको जिल्ला न्यायाधीश दीपककुमार खरेलले बताउनुभयो ।

यसरी फछ्र्यौट भएका मुद्दामा सरल प्रकृतिका ६७१, सामान्य प्रकृतिका ४०, विशेष प्रकृतिका १ र मार्ग समूहमा नपर्ने÷डिसिएम लागू हुनुपूर्वको मुद्दाको सङ्ख्या एक हजार ३१ रहेका छन् ।यसैगरी अदालतले सो अवधिमा रु ४३ लाख ९७ हजार १५९ जरिवाना र ४५९ वर्ष दुई महिना तीन दिन कैद असुल गर्न सफल भएको जिल्ला न्यायाधीश खरेलले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर