सलमान खानको बहुप्रतिक्षित फिल्ममा भारतमा वाहवाही भइरहँदा नेपालमा भने किन भयो सर्वत्र विरोध — OSNepal

सलमान खानको बहुप्रतिक्षित फिल्ममा भारतमा वाहवाही भइरहँदा नेपालमा भने किन भयो सर्वत्र विरोध

LC (KTM) May 15, 2021 0

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा सेन्सर भएको छैन । सेन्सर बिना नै नेपालमा डिजिटल प्लेटफर्ममा रिलिज गरिएपछि यसको सर्वत्र विरोध भएको छ । यो फिल्लाई नेपालमा गोपीकृष्ण मुभिजले वितरण गरेको छ । फिल्म हलमा रिलिज गर्नु नपर्ने भएपछि गोपीकृष्णले सेन्सर गर्नु नपर्ला भनेर यहाँको डिजिटल प्लेटफर्ममा रिलिज गरिएको जनाएको छ ।

चलचित्र विकास बोर्डले भारतीय फिल्म राधेलाई बिना सेन्सर नै यहाँका नेट टिभी, डिस होमको फिल्म च्यानलगायतमा रिलिज गरिएको भन्दै सेन्सरका लागि बिहीबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठायो । सो पत्रप्रति मन्त्रालयको ध्यान गएको छ । फिल्म राधेलाई सेन्सर गरेर मात्र नेपालमा प्रदर्शन गर्नका लागि सञ्चार मान्त्रालयले शुक्रबार यो फिल्मको नेपाल वितरक गोपीकृष्ण मुभिजलाई पत्र काटेको छ । मन्त्रालयबाट पत्र आएपछि गोपीकृष्ण मुभिज सो फिल्मको सेन्सर तयारीमा शुक्रबार दिउँसोबाट जुटेको हो ।

नेपालमा नेपाली चलचित्रलाई हलदेखि टेलिभिजन च्यानलमा रिलिज गर्दा समेत सेन्सर गर्ने नियम छ । तर, विदेशी सिनेमा सेन्सर बिना चलाएपछि सबैतिरबाट विरोध भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले राजधानीलाई बताए । फिल्म राधेलाई नेपालमा सेन्सर नै नगरी नेपालकै डिजिटल प्लेटफर्म र टेलिभिजन च्यानलबाट रिलिज गरिएको भन्दै बिहीबार बोर्डमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा आफूलाई यो फिल्मलाई सेन्सर गर्न सञ्चार मन्त्रालयलाई अनुरोधपत्र पठाएको पनि दाहालले राजधानीलाई बताए ।

फिल्म राधेलाई विदेशको ओटिटी प्लेटफर्म तथा च्यानलबाट रिलिज गरेर नेपालमा हेरिएको भए सेन्सर गर्नुपर्ने थिएन । तर, नेपालकै टेलिभिजन र नेपालबाटै सञ्चालिन नेट टिभीबाट रिलिज गरिएकाले यसको सेन्सर गर्नुपर्ने दाहालको भनाइ छ । यसअघि नेपालमा निर्माण भएका कतीपय चलचित्र हलमा रिलिज हुन नसके पनि डिसहोमको फिल्म च्यानल, अन्य टेलिभिजन र डिजिटल प्लेटफर्मबाट रिलिज गर्नका लागि सम्बन्धित फिल्मले सेन्सरको प्रक्रिया पूरा गरेको थुप्रै उदाहरण रहेको पनि अध्यक्ष दाहालले बताए ।

नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष तथा चलचित्र निर्माता, अभिनेता नवल खड्काले शुक्रबार एक विज्ञप्ति नै जारी गरी नेपालमा सेन्सर नै नगरी चलचित्र राधे रिलिज गरिएको भन्दै त्यसको विरोध गरे । हरेक नेपाली फिल्मलाई सेन्सर बिना हल मात्र नभएर टेलिभिजन तथा डिजिटल प्लेटफर्ममा पनि रिलिज गर्न नदिने सरकारको नियम भएको उनले स्मरण गराए । तर, केका आधारमा सलमान खानको फिल्म राधेलाई सेन्सर बिना नेपालका टेलिभिजन च्यानलदेखि डिजिटल प्लेटफर्ममा समेत रिलिज गरिएको भनेर उनले प्रतिप्रश्न गरेका छन् । कि त सबै फिल्मको सेन्सर हटाइउनु पर्ने कि सबैलाई सेन्सर गर्नुपर्ने उनको माग छ ।

यस्तै नेपाल चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष एवं चलचित्र निर्देशक केपी पाठकले पनि फिल्म रोधेलाई नेपालमा बिना सेन्सर रिलिज गरेकोमा त्यसको विरोध गरेका छन् । विदेशी फिल्म नेपालमा सेन्सर नै नगरी यहाँमा टेलिभिजन च्यानल तथा डिजिटल प्लेटफर्मबाट रिलिज गर्नु गैरकानुनी कार्य भएको उनको जिकिर छ ।

निर्देशक मनोज पण्डितले पनि बिना सेन्सर नेपालमा राधे रिलिज हुन्छ भने अरू नेपाली फिल्म पनि अब सेन्सर बिना नेपालमा रिलिज गर्न पाउनुपर्ने माग सामाजिक सञ्जालमार्फत उठाएका छन् । राजधानि दैनिकमा खबर छ । यसरी विभिन्न नेपाली सिनेकर्मीले सेन्सर बिना राधेको नेपाल रिलिजप्रति दुःख व्यक्त गरेका छन् । यसतर्फ सरकारले ध्यान गएकाले फिल्म राधेलाई अब सेन्सर गर्न लगाएर मात्र प्रदर्शन गर्न दिने सञ्चार मान्त्रालले जनाएको छ ।

अभिनेता सलमान खानले फिल्म राधेलाई इदको अवसर पारेर बिहीबारबाट विश्व भर विभिन्न देशका ओटिटी प्लेटफर्मबाट रिलिज गरेका हुन् । कोभिडका कारण यो फिल्म भारत, नेपाललगायत विभिन्न देशका सिनेमा हलमा यतिबेला रिलिज हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर