कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालन गरिँदै — OSNepal

कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालन गरिँदै

LC (KTM) June 22, 2023 0

कर्णाली -कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । प्रदेश आयुर्वेद अस्पतालले आफ्नै प्रयोगशाला सञ्चालन गर्नेगरी तयारी थालेको हो । फार्मेसी सञ्चालन गर्ने तयारी गरिएको जनाउँदै अस्पतालले कर्णालीमै आयुर्वेद औषधिमापन गर्ने प्रयोगशाला स्थापना गर्ने तयारी गरेको हो । कर्णालीमा प्रसस्त मात्रामा औषधिजन्य जडीबुटी पाइने भन्दै त्यसलाई औषधिको रुपमा मापदण्डअनुसार प्रयोग गर्नेगरी प्रयोगशाला सञ्चालन गर्ने तयारी भएको आयुर्वेद अस्पतालका निर्देशक डा. शङ्कर रिजालले जानकारी दिनुभयो ।

उहाँले प्रयोगशाला सञ्चालनको लागि बजेटको सुनिश्चित भइनसकेको जानकारी दिँदै कर्णालीमा आयुर्वेद औषधिलाई मापदण्डअनुसार बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । “हामीले आयुर्वेद फार्मेसी सञ्चालनको लागि अन्तिम तयारी गरिरहेका छौँ, त्यसको लागि औषधि त मापदण्डअनुसार हुनुपर्यो भनेर प्रयोगशाला सञ्चालन गर्दै छौँ । तर बजेट भने सुनिश्चित भइसकेको छैन ।”

यसैबीच, कर्णालीमा नागरिकको आयुर्वेदप्रति आकर्षण बढ्दै गएको छ । चालु वर्षको जेठ सम्मको तथ्याङ्कलाई हेर्दा २५ हजार तीन सय ८१ जनाले सेवा लिएका छन् । गत वर्षको तुलनामा यो सङ्ख्यामा वृद्धि भएको हो । सेवा लिनेमा पुरुषभन्दा महिला धेरै रहेको देखिएको छ । डाक्टर रिजालका अनुसार नशा, बाथ, ग्याष्ट्रिक, पायल्स, फिस्टुला लगायतका समस्या लिएर बिरामी आउने गरेका छन् ।अस्पतालमा कर्णाली प्रदेशमै पहिलो पटक च्यावनप्रास समेत उत्पादन गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर