पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उभिएर केपी ओलीको तारिफ गरे महन्थ ठाकुरले — OSNepal

पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उभिएर केपी ओलीको तारिफ गरे महन्थ ठाकुरले

LC (KTM) July 18, 2021 0

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल ९जसपा० का अध्यक्ष महन्थ ठाकुरले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ब्यक्त गरेका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा बोल्दै ओलीले पिडित, प्रताडित समुहका पक्षमा ओलीले आवाज उठाएको बताएका छन् । ओलीलाई सम्झिँदै महन्थ ठाकुरले पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले महन्थ ठाकुरलाई पत्र लेखर विश्वासको मत दिन आग्रह गरेको भन्दै आँफुहरुले मत दिने नेता ठाकुरले वैठकमा बताए । कांग्रेस र ठाकुर पक्षीय सांसदबीच सङ्घीय संसद् भवनमा भएको छलफलपछि विश्वासको मत दिने निर्णय भएको भएको थियो । ठाकुर पक्षले उठाएको मुद्दामा प्रधानमन्त्री सकरात्मक भएपछि ठाकुर पक्षले मत दिने निष्कर्षमा पुगेको बताइएको छ ।

यसअघि शनिबार जसपाकै उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको थियो । प्रतिनिधिसभामा जसपाका ३२ जना सांसद हुनुहुन्छ । सो पार्टीको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर