नर्क जाने बाटो राम्रै उदेश्यका लागि बनाइएको हुन्छ भन्दै ओलीलाई कडा ब्यग्य प्रहार गरे बाबुरामले — OSNepal

नर्क जाने बाटो राम्रै उदेश्यका लागि बनाइएको हुन्छ भन्दै ओलीलाई कडा ब्यग्य प्रहार गरे बाबुरामले

LC (KTM) July 18, 2021 0

काठमाडौँ । पूर्वप्रधानमनत्री तथा जसपाका नेता डाक्टर बाबुराम भट्राइले निर्वतमान केपी शर्मा ओलीको खड्ग प्रहारबाट आँफुहरु आजित भएको बताएका छन् ।

पुर्नस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै बाबुरामले पटक पटक प्रतिनिधिसभाको विघटन गर्न खोज्ने ओली प्रवृत्ति विरुद्ध सबै एकजुट भएर लड्न आग्रह गरेका छन् । बाबुरामले यस पटकको सर्वोच्चको फैसलालाई स्वागत गर्दै अति सुन्दर तरिकाले ओली प्रवृत्तिलाई सम्झाइदिएको बताए ।

माक्सको भनाई नर्क जाने बाटो राम्रै उदेश्यका लागि बनाइएको हुन्छ भन्दै ओलीलाई कडा ब्यग्य प्रहार गर्न भ्याए । पछिल्ला दिनमाा ओली विरुद्ध खरो रुपमा उत्रिएका नेता बाबुरामले यो संविधान अपुरो अधुरो भएता पनि सबैभन्दा राम्रो भएको भन्दै अझ यसलाई परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्ने आजको आवश्यकता भएको पुनर्स्थापित प्रतिनिधिसभाको बैठकमा बाबुरामले दोहोर्याए ।

संविधान र प्रतिनिधि सभाको ओलीले हत्या गर्न लागेको कुरालाई बाबुरामले पटक पटक खेद प्रकट गर्दै यस्ता प्रवृत्तिहरुलाई दोहोरीन दिन नहुने कुरमा पनि जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर