काठमाडौंका मेयरलाई धरानका मेयरको ढाडस, साम्पाहाङ भन्छन, 'नडराउनुहोस' — OSNepal

काठमाडौंका मेयरलाई धरानका मेयरको ढाडस, साम्पाहाङ भन्छन, ‘नडराउनुहोस’

LC (KTM) July 10, 2023 0

काठमाडौं, २५ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् ।

आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाए पछि चलेको मुद्धामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन ।

अदालतले आफुलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतवार साँझ टविट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन ।

काठमाडौंका मेयर शाहले आइतवार अदालतको तारिख पर्चा साँझ लेखेका थिए,

‘आज एउटा विशेस दिन,

आजबाट म तारिखमा छु,

भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै ,

प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।

म आज बाट अपराधी ।’

त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले टविटरमा जवाफ दिदैँ लेखे,

‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर