भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य सफल हुनेछ — OSNepal

भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य सफल हुनेछ

LC (KTM) July 19, 2021 0

काठमाडौं ४ साउन । नेकपा (एमाले) का नेता तथा सांसद गोकर्ण विष्टले आफुहरुले पार्टीलाई एकताबद्ध बनाउन निरन्तर प्रयत्न गरिरहेको बताएका छन् ।

नेता विष्टले अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि प्रयत्न कायम नै रहेको बताउँदै एकताका लागि धैर्यता नगुमाउन सबैलाई आग्रह गरेका छन् । भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाएरै छोड्ने नेता विष्टको दावी रहेको छ ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका माधव नेपाल सहित २२ जना सांसदले विश्वासको मत दिएका थिए । विष्ट लगायत १० जना एमालेका नेता भने मत सुरु हुनु अगावै संसद भवनबाट बाहिरिएका थिए ।

उनले भनेका छन्,”हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ । अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ । यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं । पार्टी पंक्तिले एकता चाहेको छ ।भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर