कबाडीको रिसाइकलबाट भाँडाकुडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको हो ,कांग्रेस नेतृत्वको सरकार :ओली — OSNepal

कबाडीको रिसाइकलबाट भाँडाकुडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको हो ,कांग्रेस नेतृत्वको सरकार :ओली

LC (KTM) July 19, 2021 0

काठमाडौँ ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारलाई टालाटुली बाटुलीको संज्ञा दिएका छन् । आज पार्टीको १० औँ केन्द्रिय कमिटिको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो आलोचना गरेका हुन् ।

बैठकमा ओलीले अब कांग्रेसले सत्ताको चरम दुरुपयोग गरी आफहरु माथि हमला गर्न सक्ने भन्दै प्रतिरोधका लागि तयार हुनुपर्ने बताएका छन् । बैठकमा कांग्रेस सरकारको विरुद्ध खरो रप्मा उत्रिएका ओलीले भनेका छन् , ‘अब सत्ताको दुरूपयोग गरेर हामीमाथि हमला सुरू गर्छन्। जनविरोधी काम सुरू गर्छन्, हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षडयन्त्र र आक्रमण अनुमान गरेका छौं,त्यसैले सत्ताको दुरुपयोग रोक्न र एमाले विरुद्दको आक्रमण रोक्न पनि शसक्त प्रतिरोधको तयारीमा जुट्नुपर्छ ।’

कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो। माओवादी शिथिल छ नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो, विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारू ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनु पर्दछ। ‘

कबाडीको रिसाइकलबाट भाँडाकुडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको मात्र भएको टिप्पणी समेत गरेका छन् । माधव नेपाल पक्षमा २२ जना सांसदलाई समेत देउवालाई विश्वासको मत दिएको भन्दै भोली सम्मको अल्टिमेटम दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर