माधवले गाली गरेपछि भिम रावलले आवेशमा आएर राजीनामा दिएको ओलीको आरोप — OSNepal

माधवले गाली गरेपछि भिम रावलले आवेशमा आएर राजीनामा दिएको ओलीको आरोप

LC (KTM) July 19, 2021 0

काठमाडौं । एमालेका उपाध्यक्ष भीम रावलले आइतबार एक्कासी राजीनामा दिएपछि अहिले उनी चर्चामा छन् । देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दै ओली र नेपाललाई एक बनाउन लागेका नेता रावलले ठूला नेताहरुको मनोमानी र एकलौटी पन तथा फोहोरी राजनीतिक खेल भएको भन्दै नेता रावलले देउवालाई भोट नहाली माधव नेपालको सहमती अटेरी गर्दै राजीनामा दिएर पार्टी भित्र पनि आफ्नो समुहमा नै बिद्रोह गरेका हुन् ।

नेता रावलले राजीनामा दिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । केपी ओलीले च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।

यद्यपी नेता रावलले भने माधवले गाली गरेको विषयमा अहिलेसम्म प्रतिक्रिया भने दिएका छैनन् । सो अवसरमा ओलीले १० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताए । हामीले १० बुँदे सहमति स्वीकार गर्यौं । तर माधव नेपालले मानेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर