मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो — OSNepal

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

LC (KTM) July 11, 2023 0

काठमाडौं, २६ असार । मंगलबार विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो ।

चालक दलका सदस्यसहित ६ जना सवार उक्त हेलिकप्टर बिहान १० बजेदेखि सम्पर्कविहीन भएको थियो । अहिले उद्धार कार्य चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर