हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त — OSNepal

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

LC (KTM) July 11, 2023 0

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ ।सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

हेलिकोप्टर दुर्घटनामा परी पाँच जनाको निधन भएको छ । एक जना बेपत्ता छन् । प्रधानमन्त्री दाहालले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर