माधव नेपालसहित २२ जना सांसदहरुले गरेको मतदान पार्टीको लागि अक्षम्य अपराध हो : पोखरेल — OSNepal

माधव नेपालसहित २२ जना सांसदहरुले गरेको मतदान पार्टीको लागि अक्षम्य अपराध हो : पोखरेल

LC (KTM) July 19, 2021 0

काठमाडौं ४ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टीमा सांगठनिक रुपमै अप्रिय घटनाहरु भएको बताएका छन् ।

आज एमालेको १० औँ केन्द्रिय कमिटिको बैठकमा सहभागी भएका पोखरेलले वरिष्ठ नेता माधव नेपाललाई संकेत गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । हिजो प्रधानमन्त्री शेरबादुर देउवालाई नेपाल सहित २२ जना एमालेका सांसदहरुले विश्वासको मत दिएपछि एमालेमा खैला बैला भएको थियो ।

आज सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित बैठकमा बोल्दै पोखरेलले भनेका छन्, ‘हाम्रो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा यति अप्रिय घटनाहरु पनि घटदैछन् हिजो मात्रै हामीले देख्यौं, हाम्रो पार्टीको निर्णय विपरित विपक्ष दलका नेताको समर्थनमा मतदान गर्ने काम नेकपा एमाले भित्रका कतिपय व्यक्तिहरुले गर्नुभएको छ ।

यो पार्टीको लागि अक्षम्य अपराध भएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर