हेलिकोप्टर दुर्घटनाप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त — OSNepal

हेलिकोप्टर दुर्घटनाप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

LC (KTM) July 12, 2023 0

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मङ्गलबार भएको हेलिकोप्टर दुर्घटनामा दिवङ्गत हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । उहाँले उक्त हेलिकोप्टर दुर्घटनामा दिवङ्गत भएकाको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र पाँच म्याक्सिकोका नागरिकको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर