पार्टीको समस्या समाधान गर्न बनाइने कार्यदलको नाम टुंग्याउने जिम्मा अध्यक्ष ओली र नेता नेपाललाई — OSNepal

पार्टीको समस्या समाधान गर्न बनाइने कार्यदलको नाम टुंग्याउने जिम्मा अध्यक्ष ओली र नेता नेपाललाई

LC (KTM) May 15, 2021 0

काठमाडौं जेठ १ । नेकपा एमालेको केपी शर्मा ओली र माधव नेपाल समुहको समस्या समाधान गर्न नयाँ कार्यदल बन्ने भएको छ । कार्यदल नाम छनोत भने जिम्मा नेपाल र ओलीलाई दिइएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा पार्टीको समस्या समाधान गर्न कार्यदलमा क- कसलाई राख्ने भनेर अन्तिम टुंगो लगाउने काम ओली र नेपालले गर्ने भएका छन् । छलफलमा ओली र नेपालसहित अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता रावल, घनश्याम भूसाल, गोकर्ण विष्ट, रघुजीपन्तलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर