कमल के क्षेत्रीको ‘माया माया’ — OSNepal

कमल के क्षेत्रीको ‘माया माया’

LC (KTM) July 17, 2023 0

काठमाडौं – चर्चित नेपाली पप गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । प्रेमिल भाव रहेको ‘माया माया’ बोलको गीतमा गायक कमल के क्षेत्रीकै शब्द रचना रहेको छ ।

सैलेन्द्र यम प्रधानको संगीत ,जय पौडेल र संदेश गुरुङको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशन नितिन चन्दले गरेका हुन्। निकै आकर्षण लोकेशनमा खिचिएको यस म्युजिक भिडियोलाइ संजय खुकलले सम्पादन गरेका छन। भिडियोमा करण जिम गुरुङ र एलिशा पुन मगरले मुख्य अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर